समाचार

करेन्ट लागेर एकजनाको मृत्यु



काठमाडौँ, २४ भदौ । बाग्लुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार शनिबार साँझ गलकोट नगरपालिका–३, लमही बस्ने ८० वर्षीय लालबहादुर अधिकारीको कोठामा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा इमर्जेन्सी पोलिक्लिनिक हटियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।