काठमाडौँ, ९ असोज । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको 'ओसीएस मोड्युल'मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो । टेलिकमका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको छ । …