काठमाडौँ, ७ असोज । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन– काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको हो ।…