ओखलढुंगा, ८ भदौ । ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोस्ट केतुकेबाट टोली खटिएको जानकारी…