बाग्लुङ, ३२ साउन । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतकाे बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेकाे हो । बुधवार हिजाे बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।…