समाचार

विषालु च्याउ खाएर बिरामी परेकी बालिकाको मृत्यु



दाङ, ३२ साउन । दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाकाे ज्यान गएकाे छ । बङ्गलाचुली गाउँपालिका-४ की ११ वर्षीया अस्मिता सुनारको हिजाे ज्यान गएकाे हाे । 

जङ्गलबाट ल्याएकाे च्याउ खाएर बिरामी परेकी उनकाे उपचारका क्रममा बुटवलमा ज्यान गएकाे हाे । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार बेलुकी थप उपचारका लागि बुटवल लगिएको थियाे । 

यस्तै, च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ ।

अस्ति मङ्गलवार जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए । रासस