बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु

चितवन, २२ साउन । चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । प्रहरीका अनुसार बाघकाे आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङकाे मृत्यु भएकाे हाे ।  खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेकाे केरा घारीमा हिजाे आइतवार दिउँसो बाघले उनलाई आक्रमण गरेकाे थियाे ।चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको…