काठमाडौँ, ३ असोज । रौतहटको पूर्वी भेग राजदेवी नगरपालिका–४ गडहिया घाटस्थित बागमती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ४०–४२ वर्ष उमेरका पुरुष उत्तानो अवस्थामा मृत भेटिएका हुन् । घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी चौकी ब्रहमरपुरीबाट असईको कमान्डमा खटिएको टोलीले शव फेला पारेको हो ।…