‘हिमालको ऐना’ म्याग्दीको बराह ताल

म्याग्दी, ६ साउन । शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्साजस्तै देखिन्छ…