काठमाडौँ, २९ असार । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँमा सुरक्षित अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौँमा सुरक्षित अवतरण गरिएको हो । चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेरे उडेको जहाजमा ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौँ फर्काइएको…