करेन्ट लागेर एक वृद्धको मृत्यु

रौतहट, ३१ असार । रौतहटको परोहा नगरपालिकामा विद्युतीय करेन्ट लागेर एक वृद्धकाे मृत्यु भएको छ । वडा नम्बर ४ लौकाहाका ७३ वषीय शेख तैयवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।…