समाचार

सशस्त्र प्रहरी बलद्वारा एक करोडबढीको अवैध सामान बरामद



काठमाडौँ, ३० असार । पर्सा वीरगञ्ज चण्डाल चौक स्थित शसस्त्र प्रहरी गणले अवैध रुपमा नेपाल भित्रिदै गरेको सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ मातहतबाट खटिएको गाडी मोबाईल टोलीले विल विजकभन्दा बढी माल सामान नेपाल भित्रिदै गर्दा बरामद गरेको हो । 

भारतबाट बीरगंजतर्फ आउँदै गरेको ०३-००१ ख १९९७  नम्बरको ट्रक र विलमा उल्लेख भएको मुल्य एक करोड एक्काईस लाख बाईस हजार साठ साय सौतिस रुपैयाँ बराबरको ६८ केजी भटमास, किसमिस लगायतका मालबस्तु पक्राउ परेको हो ।

बिलमा उल्लेखित आईटमका सामानहरु सहित नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको शसस्त्र प्रहरीले जनाएको छ।