काठमाडौँ, १८ असार। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले निःशुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन् । उनले २२ जिल्लाका विपन्न नागरिकले कार्ड देखाएर र अन्य जिल्लाले वडाको सिफारिस देखाएर अस्पतालहरूमा निःशुल्क शय्या सुविधा लिन सक्ने बताएका छन् । आज पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले वीर अस्पतालमा ७ सय, कोशी…