छतबाट खसेर एक जनाको मृत्यु

धनगढी, १६ असार । धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको हो । सार्की छतमा बनाइएको भान्सामा सुतेकी थिइन् । बिहान उठेर तल आउने क्रममा छतबाट लडेको बताइएको छ ।…