काठमाडौँ, १३ असार । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९…