समाचार

सात जना जुवाडे पक्राउ



काठमाडौँ, १३ असार । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।