जनमतले बजेटको विपक्षमा मत हाल्ने

काठमाडौ १३ असार । सत्ता गठबन्धनमा सामेल भएको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा। सीके राउतले बताए । प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् । उनले भनेका छन्, ‘देशकै अर्थतन्त्र धराशायी भइराखेको…