यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

काठमाडौँ, ३० जेठ । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको आफन्तले जनाएको छ । हिउँमा चिप्लिएर घाइते भएको उनको थप उपचारका लागि दार्चुलाबाट अन्यन्त्र लैजानेक्रममा आइतबार राति बाटोमै मृत्यु भएको…