सिमकोट, २८ जेठ । हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८, राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । उनीहरू दुवैजना बाख्रा चराउन वनमा गएका थिए…