धनकुटा, ३० बैशाख । मुलघाटबाट १७ बोरा गाजा प्रहरीले बरामद गरेको छ । मुलघाटबाट को १ ख ३३६७ नम्बरको मिनिट्रकमा लैजाँदै गरेको ५ सय किलो गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चेक जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।…