काठमाडौँ, २८ बैशाख । रातो मच्छिन्द्रनाथको रथ आउँदो जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने भएको छ । बिहीबार ज्योतिषीले जुराएको शुभसाइतानुसार सो दिन रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेलतर्फ रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीले बताएका छन् । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई…