पूर्वमन्त्री रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौ २६ वैशाख । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिनुभएको छ । उहाँमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल रायमाझी सम्पर्कविहीन हुनुहुन्छ । प्रहरीले हिजोमात्र देशभरका…