म्याग्दी, १७ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको समग्र विकासमा सबै दलहरूबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी जेसीजद्वारा शुक्रवार बेनीमा आयोजित प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका प्रत्याशीले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर…