प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबिच भेटवार्ता

काठमाडौँ, २६ असोज । बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रस र नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माबिच लन्डनमा भेटवार्ता भएको छ । बेलायती सेनाध्यक्षको औपचारिक निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबिच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट तथा छलफल भएको हो । भेटका क्रममा दुई देशका सेना प्रमुखबिच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र…