कांग्रेसमा कोइराला पक्षको ‘कोशी विद्रोह’

काठमाडौँ, २६ असोज । वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट कांग्रेस नेता शेखर कोइरालाले आफ्नो गृहप्रदेश कोशीबाट पार्टी निर्णयविरुद्ध विद्रोह गरेका छन् । सत्ता गठबन्धनले बिहीबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि कोइराला समूहले एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । कोइराला समूहको यस कदमलाई कांग्रेसभित्र विद्रोहका रूपमा व्याख्या गरिएको छ । प्रदेश…