इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाण्डौ,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । कोशीको मुख्यमन्त्रीमा यसअघि कांग्रेसले पनि दाबी गरेको थियो ।…