Banner News

एमाले सुदूरपश्चिममा पदाधिकारी सर्वसम्मत चयन




काठमाडौँ, २५ असोज  । नेकपा (एमाले)को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापापक्षीय कृष्णप्रसाद जैसी प्रदेश अध्यक्ष बनेका छन् । अध्यक्षका आकांक्षी भरत साउद, कमल तिमिल्सिना, बचनबहादुर सिंहले उमेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

पाँचै पदाधिकारी सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा कालीबहादुर शाही चुनिएका छन् ।

सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागीरथी विष्ट र नरबहादुर विक चयन भएका पालले जानकारी दिए । सदस्यहरू पनि केही मात्र चुनिन बाँकी रहेको उनले बताए ।