काठमाडौँ, १६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले नयाँ विश्वविद्यालयहरूले नयाँ ढंगले पाठ्यक्रम तर्जुमा गरेकाले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए । उनले भने, "विद्यार्थीहरू विदेश पलायन हुनेबारे रिसर्च गरौँ ।…