कोशी प्रदेशसभाको बैठक बस्दै

विराटनगर, १७ असोज । अहिलेसम्म सरकार बनाउने र ढाल्ने प्रयत्नमै सीमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन दिउँसो १…