काठमाडौँ, ३१ भदौ । अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् । विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरी अनुसन्धानका क्रममा प्राप्त केही तथ्य र सूचना सामाजिक सञ्जाल, नेताका बोली र सञ्चारमाध्यममा…