धनुषाा ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सो पार्टीले आइतबार जनकपुरमा संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्ने भएको हो । उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् । …