काठमाडौँ, २७ भदौ । पञ्चायती राजनीतिको पृष्ठभूमि रहेका नेताहरूको बाहुल्यता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की अनिशा नेपाली भने संसदीय अभ्यासमा नयाँ भए पनि प्रस्तुति, बुझाई र भोगाइका हिसाबले परिपक्व देखिन्छिन् । प्रतिनिधिसभाका सांसदमध्ये तुलनात्मकरूपमा कलिलो उमेर, छोटो राजनीतिक यात्रा तथा फरक शैक्षिक विधा रहे पनि सांसद नेपाली निर्धक्कसँग भनिछन्, “देशको भविष्य नियाल्दै जनताका आवाज र समृद्धिलाई…