जसपाको थरुहट राष्ट्रिय समिति गठन

कैलाली, २८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिचानमा आधारित थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन भएको छ । कैलालीको धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदुरपश्चिम प्रदेश) गठन गरेको छ । साथै बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको छ ।…