काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ । आज पार्टी सचिवालयका तर्फबाट महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै युवापुस्ताका सरोकार सम्बोधन गरिनुपर्ने उल्लेख गरेका छन् । उनले सार्थक संवाद थाल्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानकर्षण गराएका छन् । “प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास…