अगाडि बढेन मेट्रो सिटी योजना

काठमाडौँ, २९ साउन । उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकाको एकीकृत विकासका लागि उपत्यकामा मेट्रो सिटी निर्माण गर्न सरकारलाई प्रस्ताव गरेको थियो । उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित तीनै तहका सरकार…