बारा, २८ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन्। शनिबार बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट सङ्घीयता नै समाप्त पार्ने…