काठमाडौँ, १८ साउन । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त सडक आन्दोलन गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन १८ गते स्पेसल टास्क फोर्सका सम्पूर्ण सदस्यलाई काठमाडौँ बोलाउने निर्णय गरेको छ…