Banner News

काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा माओवादीको बैठक सुरु



काठमाण्डौ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ।
बुधबार दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिने तयारी छ।