काठमाडौँ, २३ भदौ । सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा रहेका रवि लामिछानेले युवा पुस्तालाई आज हुने सडक प्रदर्शनलाई इतिहासको नयाँ सुरुवातको अवसरको रूपमा लिँदै सचेत, विवेकपूर्ण र सक्रिय रहन आह्वान गरेका छन् । लामिछानेले आइतबार निजी सचिवालयमार्फत जारी गरेको सन्देशमा भनेका छन्, ‘प्रिय जेन्जी, भोलि तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ । धेरैको लागि यो पहिलो…