काठमाडौँ, ५ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । गृहमन्त्रीसँगै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि सँगै छन् । उप–प्रधान एवं गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेको उनका स्वकीय सचिव विजय गौतमले रातोपाटीलाई बताए…