एमालेले भन्यो– हाम्रो पार्टी सदस्य संख्या घटेको छैन

काठमाण्डौ, ४ साउन । नेकपा एमालेले महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गर्दा बढेको देखिने बताएको छ। पार्टी संगठन विभागले आज जारी गरेको विज्ञप्तिमा महाधिवेशनमा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्न पाउने हुँदा सदस्यता बढ्ने गरेको बताएको हो। ‘नेतृत्वका आकांक्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण…