काठमाडौँ, २४ असार । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको घटना सेलाउन नपाउँदै फेरि तिनै मन्त्रीले प्रतिस्पर्धा नगराईकन आफ्ना कार्यकर्तालाई पोस्ने गरी करिब डेढ करोड रूपैयाँको काम अमानतमा गराउन लागेका छन्।…