बागलुङ, १५ भदौ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत् प्राधिकरणका प्रमुख पवन पौडेलले जानकारी दिए ।…