विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशाेर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताए ।…