काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् । आज र भोलिसम्मा सञ्चालन हुने बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुने…