काठमाडौँ, १४ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्थाको अन्त्य गरेको छ । यसअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा सेवा प्रवाह र विकासनिर्माणका काममा अपेक्षाकृत सफलता हासिल हुन नसकेको गुनासो आएपछि मन्त्रालयले एकै पटक १९१ जना उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर…