प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालूवाटारमा भएको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको छ । उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् ।…