काठमाडौँ, ९ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले आउँदो निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका छन् । आज सर्लाहीको लालबन्दीमा पार्टीको मधेस प्रदेशस्तरीय प्रचार भेलामा बोल्दै उनले ‘मिसन ८४’ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने जिकिर गरे । अहिले संसद्मा कमजोर पार्टीको नेतृत्वमा बनेको…