राजनीति

एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट ल्याउँछ : सांसद भट्टराई



काठमाडौँ, ९ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले आउँदो निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

आज सर्लाहीको लालबन्दीमा पार्टीको मधेस प्रदेशस्तरीय प्रचार भेलामा बोल्दै उनले ‘मिसन ८४’ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने जिकिर गरे । अहिले संसद्मा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा दिन नसक्ने उनको भनाइ छ ।

उनले यसअघि एमालेलाई मधेस प्रदेशबाट लखेट्न अनेक प्रयास गरिएको बताए ।