काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मसिद्ध नेपाली नागरिकका छोराछोरीले नागरिकता प्राप्त गर्नेसम्बन्धी विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्कीले नागरिकता विधेयकका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अहिले दुई पटकसम्म सदनबाट पारित गरेर पठाएको विधेयक राष्ट्रपति कार्यालयमा होल्ड…